BP Koirala Archives and Records

“बीपी संग्रहालयबारे” – नारायण सुवेदी (२०७१ भाद्र ९, नागरिक)

महामानव बीपी कोइरालाको नाममा स्थापित सुन्दरीजलस्थित संग्रहालयमा जान, त्यहीँ नेपालको प्रजातान्त्रिक इतिहास र आन्दोलनका स्रष्टाप्रति नतमस्तक हुन र आफूमा रहेको बीपी चिन्तनधाराप्रतिको अनुरागलाई अझ बलियो भएको महसुस गर्ने मेरो लामो समयदेखिको अभिलाषा भर्खरै पूरा गर्ने अवसर पाइयो। शक्ति र सत्ताको मात्र पूजा र चाकडी गर्ने परम्पराका धनी हामी नेपाली र[…]

Read more

“ईश्वरीय विश्वासका सम्बन्धमा स्व. विश्वेश्वर प्रसाद कोइराला” – डा. विपिन अधिकारी (२०७१ भाद्र १६)

साभार: हर्क बहादुर कठायत (सम्पादक) बहुआयामिक विश्वेश्वर (बाजुराः नेपाल सांस्कृतिक संघ, २०७१) सन् १९९३ मा एसिया प्रशान्त क्षेत्रका वकिल तथा कानुनविद्हरुको संगठन ल–एसियाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन यो लेखक श्रीलंकाको कोलम्बो गएको थियो । सम्मेलन पछि एक दिनका लागि हामी श्रीलंकाको मध्यक्षेत्रमा पर्ने पहाडी सहर क्याण्डी पनि गयौं । क्याण्डीमा[…]

Read more

“निरंकुशताविरुद्ध बीपी” – डा. गोविन्दमानसिंह कार्की (२०७१ भाद्र २१, गोरखापत्र दैनिक)

विक्रम संवत् २००७ सालको क्रान्तिपछि राजा त्रिभुवन र महेन्द्रले उहाँहरुको राजनीति मूलमन्त्रका रुपमा बीपीलाई आँखाको कसिंगर र सत्ताशिक्तबाट टाढा राख्ने नीति अख्तियार गर्नुभयो । स–साना भारेभुरे गुट र पार्टीका मान्छेलाई प्रधानमन्त्री बनाउने, फेर्ने र मौका परे प्रत्यक्ष शासन चलाउने अटुट शृंखला नै चल्यो । यसैक्रममा बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसलगायत[…]

Read more

“लोकमान्य राजनेता” – नवीन अर्याल (अंक: ६१२ | २०७१ भाद्र २२, नेपाल राष्ट्रिय साप्ताहिक)

भारतीय समाजवादी नेता जयप्रकाश (जेपी) नारायणले विसं ०३१ मा प्रधानमन्त्री इन्दिरा गान्धीविरुद्ध ‘सम्पूर्ण क्रान्ति’को बिगुल फुके। त्यस बेला नेपालका अपदस्थ प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारतमा निर्वासित जीवन बिताइरहेका थिए। इन्दिरालाई थाहा थियो, बीपी त्यत्तिकै चुप लागेर बस्दैनन्। त्यसमा पनि उनी जेपीसँग पारीवारीक मात्र होइन, सैद्धान्तिक रूपले पनि नजिक छन् भन्ने[…]

Read more

“गुहा, बीपी र एसिया” – अभि सुवेदी (२०७१ भाद्र २३)

काठमाडौंका किताब पसलमा आएको ‘द मेकर्स अभ एसिया’ (२०१४) अथवा ‘एसियाका निर्माता’ शीर्षक हर्वाड युनिभर्सिटी प्रेसले छापेको किताबले मेरो ध्यान खिच्यो । यसका सम्पादक र यसभित्रका एकजना लेखक रामचन्द्र गुहा हुन् । यिनको ढठ्डु किताब ‘गान्धीपछिको भारत’ (२००७) मा यिनका विचार पहिले पनि पढेको हुँ । लाग्छ, विविध विषयका किताब[…]

Read more

“प्रतिभा, अभ्यास र व्युत्पत्तिका त्रिवेणी बी.पी. !” – बद्रीप्रसाद दाहाल (२०७१ भाद्र २३, गोरखापत्र दैनिक)

नेपाली आख्यान संसारका नवीनतम र आधुनिक सर्जकपध्ये बी.पी. कोइराला एक मूर्धन्य प्रतिभा हुनुहुन्छ । बाह्य संसारभन्दा आभ्यन्तर लोकमा विचरण गर्न रुचिराख्ने उहाँको लेखनले अवचोतन, अर्धचेतन र चेतन मनका पत्र पत्र केलाउँदै मानसिक उहापोहलाई निखारेर विवेचना गर्ने क्षमता राख्छन् । उहाँकै शब्दमा भन्नुपर्दा ‘लेखनमा आदर्श हुनुपर्छ, त्यसको उद्देश्य आदर्शमै टिकेको वा[…]

Read more

“नेपाली क्रान्तिमा बीपी र रेणू” – रामभरोस कापडि ‘भ्रमर’ (२०७१ भाद्र २३, गोरखापत्र दैनिक)

मानिस जब सांसारिक प्रवञ्चनाबाट मुक्त भएर सर्वजनहितका लागि बाँच्छन् तब समाजद्वारा महामानवको पदवी पाउँछन् । बीपी कोइराला यसै पंक्तिमा पर्नुहुन्छ । डिसेम्बर १९७६ मा आठ वर्षको आत्मनिर्वासनपछि स्वदेश फर्कन गरेको निर्णयले बीपी कोइरालाको त्यही उच्च विचार र देशप्रतिको मायालाई इंगित गर्दछ । नेपालमा आउँदा खतरा रहेको थाहा हुँदाहुँदै पनि फर्केर[…]

Read more

“बीपीका विचारको सन्देश” – तिलक प्रकाश (२०७१ भाद्र २४, गोरखापत्र दैनिक)

बीपी (विश्वेश्वरप्रसाद) कोइरालाका अनुसार “सन् १८१६ सालमा भएको सुगौली सन्धिले नेपाल देश त बन्यो तर नेपाल राष्ट्र बनाउने प्रयन्त भने भएन । शरीरको ढाँचा खडा भयो तर त्यसमा आत्मा आउनसकेन । ‘फ्रेम’ बनाइयो तर तस्बीर राखिएन । भाँडा कुँदियो तर त्यसभित्र आवश्यक तत्व राखिएनन् । ” करीब १३५ वर्षपछि अर्थात[…]

Read more

“नेपाली राजनीतिका शीर्ष व्यक्तित्व” – लोकनारायण सुवेदी (२०७१ भाद्र २४, गोरखापत्र दैनिक)

नेपालको आधुनिक राजनीतिक इतिहासका एक पुरोधा एवं अग्रज व्यक्तित्व हुनुहुन्छ बीपी(विश्वेश्वरप्रसाद) कोइराला । उहाँले आफ्नो सक्रिय जीवनको सम्पूर्ण अंश देश र जनताका निमित्त समर्पण गर्नुभयो । आफूले अवलम्बन गरेको राजनीतिक सिद्धान्तप्रतिको अविचलित निष्ठा, त्यसप्रतिको इमानदार नैतिकता र आदर्शप्रतिको उत्सर्ग नै बीपी चिन्तन र प्रयोगका मूल आधार हुन् भन्ने उहाँको राजनीतिक[…]

Read more

“आधुनिक नेपालका महान् चिन्तक” – डा. बाबुराम भट्टराई (२०७१ भाद्र २४, गोरखापत्र दैनिक)

बी.पी. कोइराला हामीले सानैमा सुनेको र उत्सुकतापूर्वक लिंदै आएको व्यक्तित्वको नाम हो । उहाँ नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनमा अगुवा नेताको रूपमा स्थापित हुनुभएको कुरा सानैदेखि नै हामीले सुनेको थियौं । मैले बी.पी. कोइरालाका बारेमा २०१७–१८ सालमा सुनेको थिएँ । त्यतिबेला म छ–सात वर्षको थिएँ । त्यतिबेला तत्कालीन राजा महेन्द्रले संसदीय व्यवस्थाको[…]

Read more