संविधानविद् विपिन अधिकारीको टिप्पणी : विचरा नेपालका प्रधानमन्त्रीहरू!

Posted on by Bipin Adhikari in Quotes | 1 min read

संविधानविद् विपिन अधिकारीले नेपालका प्रधानमन्त्रीहरूलाई ‘विचरा’ भनेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदबाट एमसीसी अनुमोदन गराउन सकस परिरहेका बेला संविधानविद् अधिकारीले बिहीबार राति सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै नेपालका प्रधानमन्त्रीहरूलाई निरीह पात्रका रूपमा प्रस्तुत गरेका हुन्।

उनले भनेका छन्, ‘विचरा नेपालका प्रधानमन्त्रीहरू! यहाँ जनताले दिएको म्यान्डेटको के अर्थ छ र? उनीहरूलाई बढार्न कहिले राजा प्रयोग भए, कहिले माउ पार्टीका हरुवाहरू, कहिले शस्त्रधारी, कहिले क्रान्तिकारी, र कहिले राष्ट्रपति। अब सभामुख कुचो लिएर उभिएका छन्। प्रजातन्त्रको यो आर्तनाद कुन दैवले सुन्ने होला?’​

पाँचदलीय सत्ता गठबन्धनमा एमसीसी पास गर्ने विषयमा विवाद भइरहेको छ भने सभामुख अग्नि सापकोटाले सर्वदलीय सहमति नभईकन संसदमा एमसीसी सम्झौता प्रस्तुत नगर्ने अडान लिइरहेका छन्। एमसीसीका कारण सत्ता गठबन्धन नै टुट्ने हो कि भन्ने आशंकासमेत बढेर गएको छ। तर शीर्ष नेताले एमसीसीका कारण गठबन्धन नटुट्ने दाबी गरिरहेका छन्।

About Bipin Adhikari

Dr. Bipin Adhikari is a constitutional lawyer, senior advocate and professor at Kathmandu University School of Law. View full biography »

Comments are closed.