Back to writings

Interviews

‘नेपाली राजनीति सामाजिक क्षेत्रबाट फुत्किँदै जानु चिन्ताको विषय हो’

अन्तर्वार्ता · नेपाल न्युज · 25 January 2026

रविन गिरीले विपिन अधिकारीसँग गरेको संवाद। तस्वीर सौजन्य: शिवाशिष अधिकारी।

अभिलेखका लागि सारांश

आसन्न निर्वाचनको सन्दर्भमा अधिकारीले राजनीतिक प्रतिनिधित्वको सामाजिक आधार, दलभित्रको लोकतन्त्र र उम्मेदवार छनोटका प्रश्नमा आफ्नो धारणा राखेका छन्। स्थानीय समाजसँगको सम्बन्ध कमजोर हुँदै जाँदा नेतृत्व र नागरिकबीच बढ्न सक्ने दूरी संवादको मुख्य विषय हो।

कुराकानीमा राजनीतिक दलको आर्थिक पारदर्शिता, प्रदेश तथा स्थानीय तहको निर्णयाधिकार र महिला तथा सीमान्तीकृत समुदायको सहभागिता समेटिएको छ। संविधानका समावेशी मान्यतालाई दलहरूको आन्तरिक संरचना र व्यवहारमा कसरी लागू गर्ने भन्ने प्रश्न पनि उठाइएको छ।

प्रकाशकको पृष्ठमा पूरा सामग्री पढ्नुहोस्