" … वर्तमान सरकार व्यक्तिगत शासन भएकोले त्यस व्यक्तिमाथि पर्ने दबाब अहिले छैन । हाम्रो आन्दोलन स्थगित छ – स्थगित मात्र होइन कि लक्षणले परास्त छ राजालाई अब निर्धक्क भएको होला । त्यस्तो अवस्थामा उनले हाम्राप्रति राम्रा व्यवहार गर्ने खण्ड नै छैन ।" "यदि शासन…
"यत्रो लामो अबधिसम्म थुनिएर बस्नुपरेकोले स्वभावतः मनमा छुट्ने इक्षा निरन्तर जागिरहन्छ । मनुष्यको स्वाभाविक वृत्ति हो – यो कि बन्दी अवस्थाबाट मुक्ति उसको मनमा उठ्ने पहिलो खाँचो । यसरी ३ वर्षसम्म थुनिएर बस्नुपर्दा पहिलो प्रतिक्रिया हुन्छ– मुक्तिको ।" "जसरी पनि…
"दक्षिण भियतनाममा सैनिक विद्रोह भएर जियम र उनका भाइ न्हुँलाई पदच्युत गरेको खबर छ । खबरले हर्ष विस्मात् दुवै भावनाको उदय हुन्छन् ममा । हर्ष यस कुराले कि राष्ट्रपति जियम कट्टर शासक र स्वेच्छाचारी साबित भइरहेका थिए जसले प्रजातान्त्रिक देखौवा ढाँचाको शासन राखे…
"मलाई यहाँ धेरै विचार गर्दा– घोरिएर सोच्ता पनि यस्तो लाग्दैन कि कुनै भयंकर त्रुटि हाम्रो भएको थियो पार्टी सञ्चालनमा या राजनीतिक निर्णय लिँदा या कुनै राजनीतिक कदम चाल्दा ।" "त्यसो त ईश्वरमात्रै गल्ती नगर्ने क्षमता राखेको तत्व मानिएको छ; मानिसलाई त्यो क्षमता…
"यसपालि उनको आमासाग भेटेपछि रामनारायण बडो ठूलो संकट (क्राइसिस) मा परें । ८ दिनजति यति विकल भए रे कि कोठाभित्र एक्लै बसेर अँध्यारोमा आँसु झारिरहे । उनैले भनेको । गीताको द्वितीय अध्यायलाई बारबार पढेर नवौं दिनमा उनले आफूलाई रोकथाम गर्न सके रे । भन्थे– गीताले अरु…
"[कालिदासको] विक्रमोर्वशीलाई सिध्याएँ । मूलग्रन्थलाई हिन्दी टीकाको सहायताले कनीकुथीकन पढ्ने गरेको थिएँ जसले भाषाको लालितयबाट म वञ्चित नहुँ भनेर । केही अंशहरु कण्ठष्थ गर्नुपर्यो जस्तो लाग्छ – विक्रमोर्वशीयममा विशेष रुपले घोक्ने लायक केही छ भनेर होइन कि, मेरो…
"प्रजातन्त्रको व्यवस्थामा एशिया–अफ्रिकाका मुलुकहरुमा एक–एक गरेर लोप हुँदै गएकोले, कतिपय विचारक था राजनीतिज्ञहरुका लागि प्रजातन्त्र वास्तवमा एशिया र अफ्रिकाका मुलुकहरुका लागि अनुपयुक्त व्यवस्था हो भन्ने परेको छ । द्धितीय महायुद्धपछि एशियामा र अफ्रिका…
"गृह सचिवको एउटा पत्र आयो जसमा मैले चीन जाँदा सरकारी काम गरेको हिसाब मागी पठाएको छ । यो दास्रो चिठी हो । मैले यस चिठीलाई लिन स्वीकार गरिनँ, किनभने जस्तो कि मैले जर्नेललाई भनें – कि वकिलको सल्लाह नभई म यहाँबाट कुनै कागजमा दस्तखत गर्दिनँ । अर्को यो पनि सरकारलाई…
"बेलुका ७ बजेतिर रमेश हठात् मसँग भेट्न आए । उनले १ गते राजासँग भेटेका रहेछन् र त्यसै बखतमा मसँग भेट्न पाऊँ भनी भनेका रहेछन् । रमेशले मेरो र राजाको बीच सम्झौता हुनुपर्छ र सम्भव छ भन्ने विश्वास राखेर राजालाई भेटेका रहेछन् ‘म २० वर्षको युवक हुँ, र शुद्ध…
"यहाँ आएर दर्शनका केही किताबहरु पढ्ने मौका पाइयो । उपनिषद् पनि केही पढें । इतिहासको पनि साधारण तौरले अध्ययन गर्न पाएँ । यी सब कारणहरुले हुनसक्छ आस्तिकवाद र नास्तिकवाद विश्वास र अविश्वासको द्धारमा म अहिले उभिएको छु (एग्नोस्टिसिज्म) अज्ञेयवादको द्विविधामा…
"अस्ति रमेशले मलाई कृष्णमूर्ति भन्ने कोही एउटा लेखकले लेखेको राजा महेन्द्रको जीवन–चरित्र पठाइदिएको थियो । हामीहरु समातिएपछि कृष्णमूर्ति यहाँ आएका थिए भारतबाट र राजासँग भेटघाट गरिकन यो बृहत चरित्र प्रकाशित गर्ने निर्णय भएको थियो । जसका लागि हिन्दुस्तान र…
"आज रामनारायणले अनौठा तर्क उठाए । उनको भनाइअनुसार सुवर्णजीहरुले चीनको भारतमाथिको आक्रमणलाई ध्यानमा राखेर हाम्रो यहाँको आन्दोदलन स्थगित राख्नु त्यस्तै कायरतापूर्ण अनैतिकता हो जस्तो हामीले यहाँबाट मागेर छुट्नु । ‘कायरतापूर्ण अनैतिकता’ वाक्यांश मैले उनको तर्कलाई…